२०८३, आश्विन १९ गते

images

ललितपुरमा थप पाँच जनामा देखियो हैजा

ललितपुरमा थप पाँच जनामा देखियो हैजा

मंगलवार, श्रावण ८ २०८११०:४६
मंगलवार, श्रावण ८ २०८११०:४६
  • images

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका १४ ठैबस्थित एक बाल सुधार गृहमा रहेका एक जना बालकमा हैजा पुष्टि भएपछि हिजो र आज गरिएको रेपिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा थप पाँच जना बालबालिकामा हैजाको जीवाणु पोजेटिभ देखिएको छ ।

    आधिकारिकताका लागि तिनिहरुको नमूना थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । झाडा पखलाले ग्रस्त बनाएपछि गत शुक्रबार सुधार गृहका एक बालकलाई उपचारका लागि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याएर भर्ना गरिएको थियो । हैजाको आशंकामा दिसाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाउँदा हैजा पुष्टि भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend