२०८३, आश्विन २० गते

images

द्वन्द्वकालका पीडितलाई न्याय दिलाउन वर्तमान सरकार प्रस्ट छ: देउवा

द्वन्द्वकालका पीडितलाई न्याय दिलाउन वर्तमान सरकार प्रस्ट छ: देउवा

बिहिवार, चैत्र १४ २०८१०१:४३
बिहिवार, चैत्र १४ २०८१०१:४३
  • images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताएका छन्। उनले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको भन्दै वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको बताए।

    बिहीबार काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र यो पीडितहरूले पनि न्याय पाउने उनको भनाइ छ। 

    ‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ। पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ। कुनै छलछाम हुनेछैन’, देउवाले भने। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend