काठमाडौं । यामाहा नेपालले नयाँ वर्षलाई लक्षित गरी रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ घोषणा गरेको छ । यो स्किम यामाहाका फ्यानहरूलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
‘थ्रिल अफ थ्री’का यस्ता छन् फाइदाहरू
१. एक्साइटमेन्ट शेयर गर्नुहोस् र १ हजार रुपैयाँ जित्नुहोस् : यस योजनाअन्तर्गत आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ शेयर गरेर तत्काल १ हजार रुपैयाँ जित्न सकिनेछ ।
२. स्टाइल देखाउनुहोस् र ५० हजार रुपैयाँसम्म जित्नुहोस् : यस योजनाअन्तर्गत नजिकैको यामाहा डिलरसिपमा गई आफूले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाएर ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्न सकिनेछ ।
३. पर्फर्मेन्स अँगाल्नुहोस् र रू. १ लाख रुपैयाँसम्म जित्नुहोस् : यस योजनाअन्तर्गत योजना अवधिमा ब्रान्ड-न्यु यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरेर १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सकिन्छ ।
थप लाभहरू केके छन् ?
नगद पुरस्कारहरूका साथै यामाहा नेपालले यामाहाका खरिदकर्तालाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्ने घोषणा गरेको छ ।
● स्पट एक्सचेन्ज
● इजी फाइनान्स
● छानिएका मोडेलहरूमा शून्य प्रतिशत ब्याजको ईएमआई ।
यामाहा नेपालले भनेको छ, 'थ्रिल अफ थ्री अफर केवल अफर मात्र होइन, यसले यामाहाको इन्नोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नताप्रतिको जोसलाई प्रतिबिम्बित गर्दछ। उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेहरूका लागि डिजाइन गरिएका छन् ।'
एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसका लागि परिचित एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो । नेपालमा बलियो उपस्थिति भएको यामाहा विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न समर्पित छ ।

