काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारलाई झन्डै ७८ अर्ब रुपैयाँ राजश्व बाँडफाँट बापत् उपलब्ध गराउने भएको छ ।
बिहीबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै संघीय सरकारले आगामी आर्थिक वर्ष प्रदेश सरकारलाई उक्त रकम बाँडफाँट गर्ने जनाएको हो ।
उक्त सूचना अनुसार सबैभन्दा बढी कोशी प्रदेशले पाएको छ । कोशीले १२ अर्ब ३९ करोड रुपैयाँ पाउाद्या मधेश प्रदेशले १२ अर्ब ३५ करोड रुपैयाँ र गण्डकीले ९ अर्ब ७९ करोड रुपैयाँ पाउनेछ ।
यस्तैगरी, लुम्बिनी प्रदेशमा ११ अर्ब ८६ करोड, कर्णाली प्रदेशका लागि १० अर्ब २७ करोड रुपैयाँ र सुदुरपश्चिम प्रदेशलाई ९ अर्ब ८७ करोड रुपैयाँ राजश्व बाडँफाँट अन्तरगत संघीय सरकारले वितरण गर्ने अनुमान गरेको छ ।
कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान सबै प्रदेशलाई गरेर ६० अर्ब ६६ करोड रुपैयाँ पाउनेछन् । यसअन्तरगत सबैभन्दा बढी कर्णाली प्रदेशले १० अर्ब ५६ करोड रुपैयाँ पाउनेछ ।
त्यसपछि कोशी प्रदेशले ८ अर्ब ९८ करोड, सुदुरपश्चि प्रदेशले ८ अर्ब ९२ करोड समानीकरण अनुदान प्राप्त गर्नेछन् । लुम्बिनी प्रदेशले ८ अर्ब ४४ करोड, बागमती प्रदेशले ८ अर्ब २८ करोड, गण्डकीले ७ अर्ब ७३ करोड र मधेश प्रदेशले ७ अर्ब ७२ करोड रुपैयाँ पाउने अर्थले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
पूर्ण विवरण हेर्न यो तलको लिंक खोल्नुहोस्
https://mof.gov.np/content/1486/an-estimated-details-of-the-revenue-distribution/

