२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • क्यानडाका क्रिकेट कप्तान निकोलस किर्टन ९...

क्यानडाका क्रिकेट कप्तान निकोलस किर्टन ९ किलो गाँजा बोकेको आरोपमा पक्राउ

क्यानडाका क्रिकेट कप्तान निकोलस किर्टन ९ किलो गाँजा बोकेको आरोपमा पक्राउ

सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०३:३९
सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०३:३९
  • images

    काठमाडौं । क्यानडाका राष्ट्रिय क्रिकेट टोलीका कप्तान निकोलस किर्टनलाई ९ किलो गाँजा बोकेको आरोपमा बार्बाडोसको ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ। क्रिकेट क्यानडाले बिहीबार यो घटनाको पुष्टि गर्दै यसलाई गम्भीर रूपमा लिएको जनाएको छ। किर्टनलाई गत आइतबार एयर क्यानडाको उडानमार्फत आफ्नो मातृभूमि बार्बाडोस पुगेपछि पक्राउ गरिएको थियो।

    विमानस्थल सुरक्षा जाँचका क्रममा किर्टनको साथबाट प्रतिबन्धित पदार्थ फेला परेको बताइएको छ। स्थानीय प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। किर्टनले अनुसन्धानमा सहयोग गरिरहेको अधिकारीहरूले जनाएका छन्।

    २६ वर्षीय किर्टनले क्यानडाको राष्ट्रिय टोलीबाट २१ एकदिवसीय (ODI) र २८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले आफ्नो करियरमा सात अर्धशतक बनाइसकेका छन्। किर्टनलाई जुलाई २०२४ मा क्यानडाको कप्तान नियुक्त गरिएको थियो। उनले वेस्ट इन्डिजको यू-१९ टोलीबाट खेल्नुका साथै क्यारिबियन प्रिमियर लिग (CPL) मा जमैका तल्लावाह र ग्लोबल टी-२० क्यानडामा मोन्ट्रियल टाइगर्स तथा टोरन्टो नेशनल्सको प्रतिनिधित्व गरेका छन्।

    नेपालमा पनि किर्टनको उपस्थिति रहेको थियो। उनले गत मंसिरमा नेपाल प्रिमियर लिग (NPL) मा विराटनगर किंग्सबाट खेलेका थिए। क्यानडाको राष्ट्रिय टोली अप्रिल १८ देखि बहामास, बर्मुडा, अमेरिका र केम्यान आइल्यान्डसँग उत्तरी अमेरिका कप खेल्ने तयारीमा छ। तर किर्टनको पक्राउले उनको सहभागिता अन्योलमा परेको छ। क्रिकेट क्यानडाले घटनालाई नजिकबाट नियालिरहेको र थप विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend