२०८३, आश्विन २० गते

images

पहिलो पटक ट्रम्पविरुद्ध अमेरिकाभर वृहत प्रदर्शन

पहिलो पटक ट्रम्पविरुद्ध अमेरिकाभर वृहत प्रदर्शन

सीएनएन खबर
आइतवार, चैत्र २४ २०८१०१:३५
सीएनएन खबर
आइतवार, चैत्र २४ २०८१०१:३५
  • images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकीले ट्रम्पको विरोध गरेको यो पहिलोपल्ट हो। 

    अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा प्रदर्शन जारी छ। यी विरोध प्रदर्शनलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ। यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो। प्रदर्शनकारीले सामाजिक र आर्थिक मामिलालगायत धेरै विषयमा ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ट्रम्पले विश्वका धेरै मुलुकमा कर लगाउने घोषणा गरेपछि अमेरिकाबाहिर पनि कतिपय बैठक आयोजना गरिएको थियो। त्यसमा लन्डन, पेरिस, बर्लिनजस्ता सहर समावेश छन्।

    अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीले अमेरिकी विश्वविद्यालयका विद्यार्थीमाथि आप्रवासनसम्बन्धी छापा मारिएका कारण विरोध गरिरहेको बताएका छन्। हालै अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीलाई गिरफ्तार गरी उनीहरूलाई देश निकालाको कारबाही गरिएको थियो। डेमोर्क्यार्टिक सांसदहरूको भाषण सुन्न वासिङ्गटन डीसीमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए। ती भाषणमा ट्रम्प प्रशासनसँग सम्बद्ध धनी व्यक्तिहरूमाथि धेरै टिप्पणी गरिएको थियो।

    तीमध्ये सबैभन्दा प्रमुख नाम राष्ट्रपतिका सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका एलन मस्कको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend