२०८३, आश्विन २० गते

images
  • समाचार
  • तुवाँलोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, पोखरा–छेन्दु...

तुवाँलोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, पोखरा–छेन्दु उडान रद्द

तुवाँलोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, पोखरा–छेन्दु उडान रद्द

मंगलवार, चैत्र २६ २०८१०८:३४
मंगलवार, चैत्र २६ २०८१०८:३४
  • images

    काठमाडौं । तुवाँलोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण ठप्प भएको छ। आइतबार दिउँसोदेखि खराब मौसमका कारण नियमित उडानहरू प्रभावित भएका छन् भने चीनको छेन्दुबाट पोखरामा आउने अन्तर्राष्ट्रिय उडानसमेत रद्द गरिएको छ।

    विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार आइतबार दिउँसो ३ बजेदेखि हालसम्म कुनै पनि उडान हुन सकेको छैन। ‘हिजो एक उडान पनि भएन,’ उनले भनिन्, ‘भिजिबिलिटी नपुगेका कारण सबै उडानहरू रद्द भएका छन्।’

    चीनको सिचुवान एयरलाइन्सले चैत ५ गतेदेखि छेन्दु–पोखरा सिधा उडान सुरु गरेको थियो। तर खराब मौसमका कारण यसपटकको तालिका अनुसारको उडान रद्द गरिएको प्रवक्ता रेग्मीले जानकारी दिइन्। उनका अनुसार सिचुवान एयरलाइन्सको न्यारोबडी जहाज मंगलबार छेन्दुबाट पोखरा अवतरण गर्ने तालिका थियो।

    ‘हिजो भिजिबिलिटी २,००० मिटरभन्दा बढी खुलेन, आज पनि आकाश खुलेको छैन,’ उनले भनिन्, ‘वातावरण नखुलेसम्म विमानस्थल सञ्चालन सम्भव हुँदैन।’ नागरिक उड्डयन प्राधिकरणले मौसम अनुकूल हुने बित्तिकै उडान पुनः सञ्चालन गरिने जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend