काठमाडौं । सभापति रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आज राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ । सभापति रविको पक्राउ गैरकानुनी भएको र पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको दाबी गर्दै रास्वपाको टोली मानव अधिकार आयोगको कार्यालय पुगेको हो ।

