२०८३, आश्विन २० गते

images

अमेरिकी भन्सार नीतिको सामना गर्न एशियाली एकता आवश्यक : चिनियाँ राष्ट्रपति सी

अमेरिकी भन्सार नीतिको सामना गर्न एशियाली एकता आवश्यक : चिनियाँ राष्ट्रपति सी

चीन आँधीबेहरीको सामना गर्न सक्षम छ।

सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१०४:३१
सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१०४:३१
  • images

    काठमाडौं । अमेरिकी सरकारले चिनियाँ उत्पादनमा लगाएको १०४ प्रतिशत भन्सार शुल्कको पृष्ठभूमिमा, चीनका राष्ट्रपति सी जिनपिङले क्षेत्रीय एकताको महत्त्व औंल्याएका छन्। उनले एशियाली मुलुकहरूलाई आपसी सहकार्य र एकता मार्फत उज्यालो भविष्य निर्माण गर्न आह्वान गरेका छन्।राष्ट्रपति सीले भने, 'अमेरिकाको भन्सार नीतिको सामना गर्न चीनले आफ्ना छिमेकी राष्ट्रहरूसँग सम्बन्ध थप सुदृढ गर्नुपर्छ। एशियाली मुलुकहरूले मिलेर उज्यालो भविष्यको लागि काम गर्नुपर्छ।'

    यो उनको नयाँ अमेरिकी भन्सार शुल्कबारे सार्वजनिक रूपमा दिएको पहिलो प्रतिक्रिया हो। चीनको नेतृत्वले यस घटनालाई द्वन्द्वको रूपमा होइन, सहयोग र साझा विकासको अवसरका रूपमा हेरेको देखिन्छ। सी जिनपिङको यो भनाइ दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन आसियानको पछिल्लो नीति सँग मेल खान्छ।

    आसियानले हालै आफ्ना सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्यलाई थप मजबुत बनाउने आह्वान गरेको थियो। विशेषगरी भियतनाम, कम्बोडिया र इन्डोनेसियाजस्ता मुलुकहरूमा अमेरिकी भन्सार शुल्कको प्रत्यक्ष असर देखिएको सन्दर्भमा क्षेत्रीय एकता र सहकार्यले दीर्घकालीन समाधान दिन सक्ने विश्लेषकहरू बताउँछन्।

    यता, युरोपेली सङ्घले पनि स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको छ। समूहकी प्रमुख उर्सुला भोन डेर लेयनले चिनियाँ प्रधानमन्त्री ली चियाङसँगको कुराकानीमा विश्व व्यापारमा द्वन्द्व बढाउन नहुनेू चेतावनी दिएकी छन्। उनले विश्व अर्थतन्त्रको स्थिरता र विश्वास कायम राख्न आग्रह गरिन्। चिनियाँ प्रधानमन्त्री ली चियाङले अन्तर्राष्ट्रिय बजारमा स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “हामी दिगो र स्वस्थ आर्थिक विकास कायम राख्न पूर्ण आत्मविश्वासका साथ अघि बढिरहेका छौं। चीन आँधीबेहरीको सामना गर्न सक्षम छ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend