२०८३, आश्विन २० गते

images

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

बिहिवार, चैत्र २८ २०८११२:३३
बिहिवार, चैत्र २८ २०८११२:३३
  • images

    काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ। गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

    हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए। “गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ”, उनले भने।

    साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ। हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन्। स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ। हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताए। लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend