२०८३, आश्विन १९ गते

images

कुवेतमाथि नेपालको सानदार जित

कुवेतमाथि नेपालको सानदार जित

बिहिवार, चैत्र २८ २०८१०१:१२
बिहिवार, चैत्र २८ २०८१०१:१२
  • images

    काठमाडौं । नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।

    कुवेतविरुद्ध विहीबारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए । १४ औं ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो ।

    आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे । त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए । ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए । उनले समान ६–६ चौका र छक्का प्रहार गरेका थिए ।

    टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend