२०८३, आश्विन २० गते

images
  • समाचार
  • टोखामा समातिएको २५ करोड प्रकरणः २...

टोखामा समातिएको २५ करोड प्रकरणः २ जना विरुद्ध मुद्दा, २५ वर्षीय गलफ्रेन्ड लिएर भारत भागे पौडेल

टोखामा समातिएको २५ करोड प्रकरणः २ जना विरुद्ध मुद्दा, २५ वर्षीय गलफ्रेन्ड लिएर भारत भागे पौडेल

मंगलवार, बैशाख २ २०८२०७:२८
मंगलवार, बैशाख २ २०८२०७:२८
  • images

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले सिन्धुपाल्चोकका कुसाङ लामा र नारायण पौडेल विरुद्ध मुद्धा दायर गरेको छ । गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीन तर्फ लाँदै गरेको अवस्थामा काठमाडौंको टोखास्थित झोरबाट ट्रक सहित ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो ।

    झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरो प्रकरणमा संग्लन भएका आरोपमा विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

    २५ करोडसँगै पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा र २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल विरुद्ध मुद्दा दायर भएको हो ।

    राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरू  विरुद्ध मुद्दा दायर भएको हो । दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको श्रेष्ठको भनाइ छ ।

    उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ । मुद्दा दायर गरिएका मध्ये पौडेल भने फरार छन् । बरामद ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन अनुसार जतफका लागि मागदाबी गरिएको छ ।

    भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    २५ वर्षिय युवती लिएर भारत गए पौडेल

    उक्त रकमका मालिक भनिएका ५३ वर्षीय पौडेल प्रहरीले ट्रक समातेपछि भारत गएको विभागले अनुमान गरेको छ । ट्रकमा पैसा राखेको फुजेट भेटेको विभागले मालिक पौडेल भेट्न भने सकेको छैन् । 

    विभागका महानिर्देशक चण्डीकाप्रसाद घिमिरेले पौडेललाई फरार राखेर मद्धा दर्ता गरिएको बताए । ‘हामीले सुनको मालिक पत्ता लगायौँ, अहिलेलाई यहीनै सफलता मान्नुपर्छ, उनी तस्करीको कारोबारी रहेको अनुसन्धानको क्रममा पत्ता लाग्यो, तर, अहिलेसम्म उनको रेकर्ड कतै भेटिएको छैन्’, उनले भने । 

    उनले ट्रक सहित चालक पक्राउ परेपछि आफूसँगै बस्ने गलफ्रेड लिएर उनी भारत गएको पाइएको छ । हामीले सिन्धुुपाल्चोक, टोखा लगायतका धेरै स्थानमा छापा मारेका थियौँ, उनी बस्दै आएको घरमा राखिएको सिसिटिभी क्यामेरा समेत निकालेर उनी २५ वर्षीय युवतीसँगै भारत गएको हाम्रो आंशका हो’, उनले भने । 

    उनी जेठी श्रीमति बितेपछि नाताले भान्जी पर्ने २५ वर्षीय युवतीसँग लिभिङटुगेरदमा छिन् । विभागले गरेको अनुसन्धानका क्रममा उनीहरु दुबैजनाको संयुक्त नाममा रहेको केही जग्गा समेत भेटिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend