२०८३, आश्विन १९ गते

images
  • अटो
  • अटो व्यवसायीले घोषणा गरे नयाँ संस्था...

अटो व्यवसायीले घोषणा गरे नयाँ संस्था नाइमा, फुट्यो नाडा

अटो व्यवसायीले घोषणा गरे नयाँ संस्था नाइमा, फुट्यो नाडा

बुधवार, बैशाख ३ २०८२०३:३५
बुधवार, बैशाख ३ २०८२०३:३५
  • images

    काठमाडौँ । अटो व्यवसायीहरु मिलेर नयाँ एसोसिशसन जन्माएका छन् । हाल नेपालमा बिक्री वितरण भएका अधिकांश ब्राण्डलाई समेटेर अटो व्यवसायीहरुले नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रुपामै घोषणा गरेका हुन् । 

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा भएको हो । अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेर नाइमा जन्मिएको हो ।

    यसअघि नै विभिन्न अटो आयातकर्ता कम्पनी मिलेर नाइमा नामक नाफा वितरण नगर्ने कम्पनी स्थापना गरेका थिए जसको औपचारिक घोषणा भने बुधबार भएको हो ।

    कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तिकरणको वकालत गर्ने बताइन् । उनका अनुसार नाइमा वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नेछ । 

    naaima1.jpg

    नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने उनले उल्लेख गरिन् ।

    नाइमामा टोयोटाको आधिकारिक विक्रेता युनाइटेड सिन्डिकेटसहित, बजाज, किया, हुन्डाई, महिन्द्रा, बीवाईडी, होन्डा लगायत कम्पनीका सवारीको आधिकारिक विक्रेता वा उत्पादक सदस्य छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend