२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • प्रभु बैंकका सीईओ शेरचनको पक्षमा सर्वोच्चको...

प्रभु बैंकका सीईओ शेरचनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

प्रभु बैंकका सीईओ शेरचनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

बुधवार, बैशाख ३ २०८२०३:५५
बुधवार, बैशाख ३ २०८२०३:५५
  • images

    काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको मुद्दामा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो । बैंक तथा वित्तीय संस्था ऐनका आधारमा एउटा बैंकमा एक व्यक्तिले दुई कार्यकाल मात्र सीईओ बन्न पाउँछ । 

    शेरचन प्रभु र सेन्चुरी बैंकको मर्जरपछि पुनः सीईओ नियुक्त भएका थिए । त्यसरी बन्न नपाइने भनी परेको रिटमा उच्च अदालत पाटनले उनीविरुद्धको रिट खारेज गरिदिएको थियो । त्यसपछि शेरचन उच्चलाई समेत विपक्षी बनाएर सर्वोच्च गएका थिए ।
    उनी थप कार्यकाल सीईओ बन्न नपाउने उच्च अदालतको आदेशविरुद्धमा सर्वोच्च गएका थिए । सर्वोच्चले शेरचनको निवेदनको प्रारम्भिक सुनुवाइमै कामलाई निरन्तरता दिन सकिने बाटो खुलाइदिएको हो ।

    उच्च अदालतको आदेशअनुसार उनी वैशाख ९ गतेबाट स्वतः अवकाश पाउने भनिएका शेरचनलाई यो आदेशसँगै पूरा कार्यकाल काम गर्न पाउने बाटो खुला भएको छ ।

    उनलाई प्रभु बैंक सञ्चालक समितिले २०७९ माघ १२ गतेदेखि चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । सर्वोच्चको यो अन्तरिम आदेशसँगै उनले अब २०८३ माघ ११ गतेसम्म बैंकको नेतृत् वगर्न सक्नेछन् । शेरचनलाई सेन्चुरी बैंकसँगको मर्जपछि नयाँ कार्यकाल तोकिएको थियो । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend