२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कक्षा १२ को परीक्षा नरोकिने, तोकिएकै...

कक्षा १२ को परीक्षा नरोकिने, तोकिएकै समयमा हुने

कक्षा १२ को परीक्षा नरोकिने, तोकिएकै समयमा हुने

मंगलवार, बैशाख ९ २०८२१०:०४
मंगलवार, बैशाख ९ २०८२१०:०४
  • images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । 

    शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

    कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले यसअघि नै सार्वजनिक गरिसकेको थियो । तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुनेरनहुने अन्योलका बीच मंगलबारको बैठकले तोकिएकै समयमा हुने निर्णय गरेको हो । 

    राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछः कक्षा १२ को परीक्षाबारे निर्णय हुने राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछः कक्षा १२ को परीक्षाबारे निर्णय हुने

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend