२०८३, आश्विन २० गते

images
  • प्रमुख समाचार
  • ट्राफिक प्रहरीद्वारा निर्घात कुटपिटको भिडियो बाहिरिएपछि...

ट्राफिक प्रहरीद्वारा निर्घात कुटपिटको भिडियो बाहिरिएपछि अनुसन्धान सुरु

ट्राफिक प्रहरीद्वारा निर्घात कुटपिटको भिडियो बाहिरिएपछि अनुसन्धान सुरु

बिहिवार, बैशाख ११ २०८२०४:३०
बिहिवार, बैशाख ११ २०८२०४:३०
  • images

    काठमाडौं । चार जना ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी कुट्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियो शेयर गर्दै धेरैले प्रहरीलाई कारबाहीको माग गरिरहेका छन् ।

    उक्त भिडियोको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन समेत अघि बढाएको छ । भिडियोमा एक जना ट्राफिक प्रहरीले लात्तैलात्ताले युवकलाई कुटपिट गरेको देखिन्छ । 

    सँगै रहेका अन्य तीन जना ट्राफिकले छुट्याउने प्रयास समेत गरेको देखिँदैन । भिडियोमा कीर्तिपुर रुटमा चल्ने बस देखिएको छ । अन्य मोटरसाइकलहरू कुदिरहेका देखिन्छन् । एक जना ट्राफिकले कालो चस्मा लगाएर यताउता हेरेर निगरानी गरेको जस्तो पनि देखिन्छ । 

    कुटाइ खाने युवकको हातमा हेल्मेट छ । जसबाट उनी मोटरसाइकल चालक हुन् भन्ने अनुमान गर्न सकिन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, एसपी दीपक गिरीले भिडियो बाहिरिएसँगै छानबिन शुरू भएको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend