२०८३, आश्विन २० गते

images

सत्तासमीकरण फेरबदल हुँदैनः देउवा

सत्तासमीकरण फेरबदल हुँदैनः देउवा

शुक्रवार, बैशाख १२ २०८२०३:१७
शुक्रवार, बैशाख १२ २०८२०३:१७
  • images

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदलको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाण्डु आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको र फेरबदलको सम्भावना पनि नरेहको स्पष्ट पारे ।

    उनले सत्तासमीकरण परिवर्तन हुने कुरामा कुनै सत्यता नरहेको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले सरकार परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला सभापति देउवाले सत्तासमीकरणको सम्भावनालाई खारेज गरेका हुन् ।

    देउवा वैशाख ७ गते परिवारसहित उपचारका लागि थाइल्याण्ड गएका थिए । सभापति देउवाका परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमति डा. आरजु राणा पनि स्वदेश फर्किएका छन् ।

    सभापति देउवासँगै पत्रकार सम्मेलनमा मन्त्री राणाले पनि सत्तासमीकरण परिवर्तन नहुने बताइन् । उनले सत्ता गठबन्धन तलमाथि हुने कुरा हल्लमात्रै भएको प्रतिक्रिया दिइन् । देउवाको स्वागतका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंह र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए । बैंककमा देउवा उपचारमा व्यस्त हुँदा पत्नी डा. राणा भने परराष्ट्रमन्त्रीको हैसियतमा एक कार्यक्रममा सहभागी भएकी थिईन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend