२०८३, आश्विन २० गते

images

राष्ट्रपति पौडेलले शुक्रबार सदनलाई सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले शुक्रबार सदनलाई सम्बोधन गर्ने

मंगलवार, बैशाख १६ २०८२०५:४१
मंगलवार, बैशाख १६ २०८२०५:४१
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी दिएका हुन्। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाएका थिए।

    उनका अनुसार, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ वैशाख १९ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यलाई पौने ३ बजे नै आफ्नो आसन ग्रहण गरिसक्न पनि सभामुखले सूचित गरेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend