२०८३, आश्विन २० गते

images

गभर्नर सिफारिस समितिमा अधिकारी नियुक्त

गभर्नर सिफारिस समितिमा अधिकारी नियुक्त

बुधवार, बैशाख १७ २०८२१०:४७
बुधवार, बैशाख १७ २०८२१०:४७
  • images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम यही वैशाख १९ गते सार्वजनिक गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो।

    सरकारको नीति तथा कार्यक्रमले समग्र आर्थिक, सामाजिक र पूर्वाधार विकासका प्राथमिकताहरूलाई समेट्ने अपेक्षा गरिएको छ। राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने यस दस्तावेजमार्फत सरकारले आगामी वर्षका योजनागत दिशा र प्राथमिकता सार्वजनिक गर्नेछ। नीति तथा कार्यक्रम तयार गर्न मन्त्रालयहरूबाट प्राप्त प्रस्ताव, राष्ट्रिय योजना आयोगको सिफारिस तथा बजेटको पूर्वतयारीलाई आधार बनाइएको बताइएको छ।

    त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको रिक्त सदस्य पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यसअघि समितिमा रहेका विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएपछि उक्त पद खाली भएको थियो। सोही स्थानमा अधिकारीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो।

    महाप्रसाद अधिकारी राष्ट्र बैंकका पूर्व गभर्नरसमेत हुन्। मौद्रिक नीतिसम्बन्धी अनुभव र केन्द्रीय बैंक प्रणालीको गहिरो ज्ञानका कारण उनीलाई समितिमा नियुक्त गरिएको बताइएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend