२०८३, आश्विन २० गते

images

मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

शुक्रवार, बैशाख १९ २०८२१२:३३
शुक्रवार, बैशाख १९ २०८२१२:३३
  • images

    काठमाडौं । बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ । मन्त्रिपरिषद् बैठकसँगै नव नियुक्त राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हो । सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो । आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।

    सोही समयमा बस्ने भनिएको मन्त्रिपरिषद वैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित भएको सिलवालले बताए । स्थगनको कारण खुलाइएको छैन ।

    प्रधानमन्त्रीले नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए ।

    सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend