२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत (ईपीएस)१४.२७...

चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत (ईपीएस)१४.२७ रुपैयाँ, एभरेष्ट बैंकको सबैभन्दा बढी

चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत (ईपीएस)१४.२७ रुपैयाँ, एभरेष्ट बैंकको सबैभन्दा बढी

शुक्रवार, बैशाख १९ २०८२०१:२०
शुक्रवार, बैशाख १९ २०८२०१:२०
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ २७ पैसा पुगेको छ ।  गत वर्षको चैत मसान्तमा वाणिज्य बैंकहरूको औसत ईपीएस १४ रुपैयाँ ३१ पैसा रहेको थियो । नेपालका २० वटा वाणिज्य बैंकमध्ये १० वटा बैंकको (ईपीएस) बढेको छ भने बाँकी १० वटाको घटेको छ । यस अवधिमा सबैभन्दा बढी (ईपीएस) एभरेष्ट बैंकको रहेको छ भने सबैभन्दा कम ईपीएस एनआईसी एशिया बैंकको देखिएको छ ।

    एभरेष्ट बैंकको ईपीएस ६ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ । यता, एनआईसी एशिया बैंकको ईपीएस भने १५ रुपैयाँ ८८ पैसाले घटेर १ रुपैयाँ ४१ पैसामा सीमित भएको छ । नबिल बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, प्रभु, सानिमा, नेपाल एसबिआई, माछापुच्छ्रे, र नेपाल बैंकजस्ता बैंकहरूको ईपीएस पनि वृद्धि भएको देखिएको छ । विशेषगरी नेपाल बैंकको ईपीएस उल्लेखनीय रूपमा २४ रुपैयाँ ८ पैसाले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ ।

    दोस्रो तर्फ, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सिद्धार्थ र कुमारी बैंकको ईपीएस घटेको छ । कुमारी बैंकको ईपीएस ३ रुपैयाँ ९० पैसाले घटेर १ रुपैयाँ ४५ पैसामा झरेको छ भने हिमालयन बैंकको ईपीएस ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ८ पैसामा झरेको छ ।

    हाल वाणिज्य बैंकहरूको कुल चुक्ता पूँजी ३ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा कुल नाफा ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ४० अर्ब ६८ करोड रुपैयाँभन्दा थोरै मात्र बढी हो ।

    नयाँ लेखानीतिक नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यनवयनमा आएपछि एक्रुअल वेसिसमा आम्दानी जनाउनुपर्ने हुन्छ । जसअनुसार बैंकहरुले वासलता प्रकशित गर्ने अवधिमा नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । तर, नेपाल राष्ट्र बैंकले उठ्न नसकेको ब्याजलाई नियामकिय जगेडामा सार्नुपर्ने र ब्याज असुल भएपछि मात्रै नियामकिय जगेडाबाट सञ्चित नाफामा सार्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार प्रतिसेयर आम्दानीको आधारमा मात्रै बैंकरुहको वित्तीय अवस्थाको चित्रण देखिदैन । प्रतिसेयर आम्दानी धेरै भएपनि कतिपय बैंकहरुले लाभांश दिने अवस्था नहुन सक्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend