२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सामान्य प्रशासनले माग्यो स्थानीय सरकार सञ्चालन...

सामान्य प्रशासनले माग्यो स्थानीय सरकार सञ्चालन ऐनमा सर्वसाधारणसँग सुझाव

सामान्य प्रशासनले माग्यो स्थानीय सरकार सञ्चालन ऐनमा सर्वसाधारणसँग सुझाव

सोमवार, बैशाख २२ २०८२०५:०८
सोमवार, बैशाख २२ २०८२०५:०८
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन का लागि सर्वसाधारणसँग राय सुझाव माग गरेको छ । 

    मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै उक्त ऐन संशोधन गर्न बनेको विधेयक उपर सर्वसाधारणसँग राय सुझाव मागेको हो ।

    संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरेको यो विधेयकले विभिन्न ३० वटा विषयमा संशोधन र नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

    गाउँपालिका र नगरपालिकाको नाम र केन्द्र परिवर्तनमा सहजता ल्याउने गरी संशोधन गर्न लागिएको छ ।

    ऐनमा संशोधन गरी गाउँपालिका वा नगरपालिकाको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सम्बन्धित कार्यपालिकाको दुईतिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो परिवर्तनको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने र सम्बन्धित प्रदेश सरकारलाई जानकारी दिनुपर्ने नयाँ प्रावधान थपिएको छ ।

    त्यसैगरी, वडा र सिमाना हेरफेरमा नयाँ समिति गठन गरिने प्रावधान राखिएको छ । संशोधनअनुसार वडा र सिमाना हेरफेरका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिनेछ ।

    उक्त समितिमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाका उपाध्यक्षरउपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत कार्यालयका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रहनेछन् । समितिले आवश्यकताअनुसार विषयविज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

    त्यसैगरी, कार्यपालिका बैठकको गणपूरक संख्या र निर्णय प्रक्रिया विषयमा समेत संशोधन गरिएको छ ।

    कार्यपालिका बैठकको गणपूरक संख्या ५० प्रतिशतभन्दा बढी उपस्थितिमा कायम हुने र लगातार तीनपटक गणपूरक नपुगेमा ४३ प्रतिशत उपस्थितिमा बैठक बस्न सक्ने व्यवस्था गरेको छ । निर्णय सर्वसम्मतिमा नभएमा बहुमतबाट हुने प्रावधान थपिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend