२०८३, आश्विन २० गते

images
  • राजनीति
  • त्रिवि क्रिकेट मैदान निर्माणमा भइरहेको ढिलाइबारे...

त्रिवि क्रिकेट मैदान निर्माणमा भइरहेको ढिलाइबारे प्रधानमन्त्रीले लिए स्पष्टीकरण

त्रिवि क्रिकेट मैदान निर्माणमा भइरहेको ढिलाइबारे प्रधानमन्त्रीले लिए स्पष्टीकरण

सोमवार, बैशाख २२ २०८२०९:५६
सोमवार, बैशाख २२ २०८२०९:५६
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणमा भइरहेको ढिलाइबारे सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका छन्। ओलीले सोमबार सिंहदरबारमा बोलाएर उनीहरूसँग स्पष्टीकरण सोधेका हुन्।

    उनीहरूले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाका कारण ढिलाइ भएको उत्तर दिएका छन्। यसैगरी निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सम्पन्न गर्न नसकेको स्पष्टोक्ति उनीहरूको छ।

    उनीहरूले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा गरेको भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्। उनले लेखेका छन्, ‘आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता छ। कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनुपर्थ्यो। थपिएको दिनमा काम पूरा नभए सरकारलाई सह्य नहुने जानकारी गराएको छु।’

    उनले असारको अन्तिम सातासम्म कीर्तिपुरमा क्रिकेट रंगशाला बनिसक्ने विश्वास व्यक्त गरेका छन्। ओली सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो। उक्त निर्णय गरेको २४ गते ३०० दिन पुग्दै छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend