२०८३, आश्विन २० गते

images

पोखरा ४ का वडाअध्यक्षले कुटे प्रशासनका कर्मचारी, कामकाज ठप्प

पोखरा ४ का वडाअध्यक्षले कुटे प्रशासनका कर्मचारी, कामकाज ठप्प

बुधवार, बैशाख २४ २०८२०४:१४
बुधवार, बैशाख २४ २०८२०४:१४
  • images

    काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशासन महाशाखाका सातौँ तहका अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेका हुन् ।

    वडाअध्यक्ष पराजुलीले वैशाख २३ मंगलबार बिहान करिब पौने बजेतिर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । 

    उनीहरूले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकामा क्रियाशील कर्मचारी संगठनहरुको तर्फबाट घोर भर्त्सना गर्दछौँ । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घण्टा भित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गतेदेखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराउँदछौ ।’ 

    कर्मचारीहरूकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरूमा समेत काम प्रभावित भएको छ । 

    स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरूकै अग्रसरतामा आन्दोलन भएको हो । 

    आफ्नो वडामा कर्मचारी नभएकै कारण काम प्रभावित भएको भन्दै वडाध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा समेत लेख्दै आएका थिए । कर्मचारी व्यवस्थापनकै विषयमा विवाद हुँदा पराजुलीले हातपात गरेका हुन् । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका एक व्यापारीमाथि पनि दुर्व्यवहार गरेका थिए । 

    पोखरा महानगरका मेयर धनराज आचार्यले यसबारेमा बिहीबार छलफल हुने बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend