२०८३, आश्विन २० गते

images

पक्राउ परे कर्मचारी कुट्ने वडाअध्यक्ष

पक्राउ परे कर्मचारी कुट्ने वडाअध्यक्ष

बुधवार, बैशाख २४ २०८२०६:४८
बुधवार, बैशाख २४ २०८२०६:४८
  • images

    काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

    पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए ।

    वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात गरेका थिए । यद्यपि, उनले आफूले प्रतिरक्षा मात्र गरेको दाबी गर्दै आएका छन् ।

    कुटिएका व्यवसायीले वडा कार्यालयमा नै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए भने मंगलबार साँझ कास्की प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मंगलबार वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend