२०८३, आश्विन २० गते

images

गभर्नर नियुक्ति चाँडैः देउवा

गभर्नर नियुक्ति चाँडैः देउवा

शुक्रवार, बैशाख २६ २०८२०३:३७
शुक्रवार, बैशाख २६ २०८२०३:३७
  • images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् ।

    शुक्रबार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वानस दिएका हुन् ।

    बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा। प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति गभर्नर बन्नुपर्ने बताउनुभएको जानकारी दिए । 

    प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरुको सहमतिबाटै गभर्नरको नियुक्ति हुने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend