काठमाडौँ । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज(एक्सटेन्डेड क्रसओभर गाडी एटो एमएटले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ। यसको प्रि-सेल मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन ९झण्डै ५० लाख ५४० देखि ६२ लाख ९०० अमेरिकी डलर० सम्मको रेन्जमा रहेको छ। अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ।
एटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो। यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ। एटो ब्रान्डका गाडीहरू हुवावेको हार्मोनिज इन्टेलिजेन्ट मोबिलिटी एलियान्ज स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्।
एटो ब्रान्ड अन्तर्गत अहिले एटो एमए फाइभ एमसेभेन र एमनाइन गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन्। चीन ईभी डाटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा ३८५,९०४ युनिट पुगेको थियो। अब हुवावे र सेरेसले चौथो मोडेल एटो एमएट सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ।
चीनमा हुवावे एटो एमएटले पायो १ लाख अर्डर
मार्च ६ मा चीनमा एटो एमएटको प्रि(सेल सुरु गरिएको थियो। ५ हजार युआन (लगभग ७०० डलर) को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १० हजार युआन (झण्डै १ हजार ४०० डलर) छुट दिइने योजना थियो।
सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो। प्रि(सेल सुरु भएको एक घण्टामा नै ७ हजार ५०० अर्डरहरू प्राप्त भएका थिए।
छ घण्टाभित्र अर्डर संख्या २१ हजार पुग्यो भने १२ घण्टामा २८ हजार युनिट पुगे। प्रि-सेल सुरु भएको दुई साताभित्र यो संख्या ७० हजार पुगेको थियो। अप्रिल ७ मा एचअइएमएले एटो एमएटले १ लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गर्यो। जम्मा ३२ दिनमा यस्तो उपलब्धि हासिल गर्नुले पनि यो गाडी विस्तारित दायरा विद्युतीय सवारी साधन वर्गमा सबैभन्दा बढी बिक्री हुने मोडेलमध्ये एक बन्ने निश्चितजस्तै देखिएको छ। यसको प्रमुख प्रतिस्पर्धीहरूमा लि अटो एलएट र डीपल S09 पर्दछन्।
एटो एमएटको विशेषता
एटो एमएट डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागशिप मोडेल एटो एमढसँग नजिक छ। यो एक ठूलो एसयुभी हो जसको लम्बाइरचौडाइरउचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ। यसको छानामा लिडर सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन्। यो गाडी २१-इन्चका मल्टी(स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।
एटो एमएट को क्याबिनमा दुई प्रकारको सिट व्यवस्था छ a 2+2+2 र a 2+3। यसमा ७५ इन्चको हुवावेको अग्मेन्टेड रियालिटी एचडी-अप डिस्प्ले र ठूलो तीनवटा स्क्रिन सेटअप छ। गाडीमा दुई मोटरयुक्त चारपाँग्रे डाइभ प्रणाली छ जसको पिक पावर ३९२ किलेवाट (५२६ जउ) छ। गाडीमा १.५ लिटरको टर्बोचार्ज्ड रेञ्ज एक्सटेन्डर इन्जिन छ। ब्याट्री एलएफपि प्रकारको हुन सक्छ जसको क्षमता ३६ किलोवाट वा ५२ किलोवाट हुन्छ। सीएलटिसीका अनुसार, गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको छ।

