२०८३, आश्विन २० गते

images
  • अटो
  • बुटवल–भैरहवामा हुन्डाईको क्रेटा इभी कार्यक्रम, ३०...

बुटवल–भैरहवामा हुन्डाईको क्रेटा इभी कार्यक्रम, ३० गाडी बुकिङ, १० वटा हस्तान्तरण

बुटवल–भैरहवामा हुन्डाईको क्रेटा इभी कार्यक्रम, ३० गाडी बुकिङ, १० वटा हस्तान्तरण

सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२१२:३०
सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२१२:३०
  • images

    काठमाडौँ । हुन्डाई नेपालले बुटवल–भैरहवामा आयोजना गरेको नयाँ क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा उल्लेख्य सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । 

    लक्ष्मी इन्टरकन्टिनेन्टलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ३० भन्दा बढी युनिटको बुकिङ भएको र १० युनिट ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिताका साथै हुन्डाई ब्रान्डप्रतिको विश्वास झल्किएको थियो । कम्पनीले हालै क्रेटा इभि ल्याएर विद्युतीय सवारीबारे रहेको द्विविधालाई स्पष्ट पार्ने प्रयास गरेको बताएको छ । क्रेटा इभीर पेट्रोल संस्करण एउटै प्लेटफर्ममा आधारित भएकाले सेवापछि समस्या नहुने कम्पनीको दाबी छ ।

    हुन्डाईले विद्युतीय सवारीको सञ्जाल विस्तार गर्ने उद्देश्यले देशभर ६६ स्थानमा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सोही सन्देशलाई फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा प्रत्यक्ष अन्तरक्रियामा जुटेको छ ।

    कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरू पनि प्रदर्शनमा राखिएका थिए । बुटवलको सिद्धिविनायक मोटोकर्प र भैरहवाको जगत मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend