२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा...

गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा सुरु

गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा सुरु

सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२०४:३७
सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२०४:३७
  • images

    काठमाडौँ । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ। समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक डाकेका हुन्। 

    बैठकमा अर्थमन्त्रीसहित सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। 

    समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ। मन्त्रिपरिषद् बैठक पनि आजै साँझ ६ बजेलाई डाकिसकिएको छ। 

    सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् विश्व पौडेललाई गभर्नर बनाउने सहमति यसअघि नै भइसकेको छ। 

    सोही कारण १८औँ गभर्नर पौडेल नै बन्ने प्रबल सम्भावना छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend