२०८३, आश्विन १९ गते

images

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

शनिवार, श्रावण १९ २०८१०६:०६
शनिवार, श्रावण १९ २०८१०६:०६
  • images

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।

    नेपालले पहिलो, तेस्रो र पाँचौं सेट जितेर भारतलाई पराजित गरेको हो । पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो । दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो ।

    तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो । तर फेरि चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । प्रतिस्पर्धात्मक र रोमाञचक बनेको निर्णायक तथा पाँचौ सेटमा नेपालले १५–१३ को जित निकाल्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend