२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • सीएनएन समाचार प्रभावः दुधकोसीबाट खोसीयो गुरुङको...

सीएनएन समाचार प्रभावः दुधकोसीबाट खोसीयो गुरुङको जिम्मेवारी

सीएनएन समाचार प्रभावः दुधकोसीबाट खोसीयो गुरुङको जिम्मेवारी

बिहिवार, जेठ ८ २०८२१२:५६
बिहिवार, जेठ ८ २०८२१२:५६
  • images

    काठमाडौँ । दुधकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सीईओ) विमल गुरुङको जिम्मेवारी खोसिएको छ । बुधबार बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओको जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरेको हो । 

    प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको आडमा दुधकोसीमा रजगज गरेका उनलाई तत्काल फिर्ता बोलाएर उनको ठाउँमा ११ औँ तहका बसन्तध्वज श्रेष्ठलाई पठाईएको छ । घिसिङले ११ औँ तहका कर्मचारीलाई सीईओको बनाउनुपर्ने दुधकासीमा पावरका आधारमा आफू मातहतका गुरुङलाई पठाएका थिए । 

    गुरुङभन्दा अघि उक्त कम्पनीको सीईओमा उनै श्रेष्ठ सीईओ थिए । गुरुङलाई दुधकोसीबाट हटाएर ईन्जिनियरिङ निर्देशनालय अन्तर्गत नर्म्श स्पेसिफिकेशन महाशाखामा मा पठाईएको छ । 

    गुरुङ दुधकोसीमा गएपछि उनले गरेका अनियमितताका बारेमा सीएनएन खबरले निरन्तर समाचार लेख्दै आएको छ । उनले विदेशी कम्पनीलाई ट्याक्स क्लियरेन्सबीनै करोडै भुक्तानी गरेका थिए भने हाजिरी बिनै मासिक रुपमा लाखौँ तलबभत्ता समेत बुज्दै आएका थिए । 

    सम्बन्धीत समाचार :

    कुलमानको आडमा दुधकोसीमा गुरुङको रजगज, हाजिरी नै नगरी लिन्छन् लाखौँ भत्ता

    विवादित सीईओको अर्को हर्कतः मन्त्रालय छिर्न नपाएपछि कर्मचारीलाई उर्दी, मन्त्रालय र प्राधिकरणमा सम्पर्क नगर्नु

    दुधकोसीको विवादित सिईओका कारण विवादमा पर्दै उर्जामन्त्री, सेटिङ मिलाएको आरोप

    प्राधिकरणका सहायक कम्पनीमा अन्धाधुन्ध निर्णयः घिसिङ नेतृत्वको ८ वर्षे कार्यकालको छानबिन सुरु

    कर नतिरी भुक्तानी गर्ने कन्सल्टेन्टको अफिसमा दुधकोसीका सीईओको रजगज

     दुधकोसीमा अकर्मण्य नेतृत्व, ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी

     सरकार र दातृ निकायबीचको सम्बन्ध बिगार्दै दुधकोसी आयोजनाका सीईओ गुरुङ

     प्राधिकरणलाई नाफा मात्रै देखाउँछन् कुलमानः सरकारलाई न कर न ऋण भुक्तानी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend