२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • युवा संघको नयाँ नेतृत्व छान्न चुनाव...

युवा संघको नयाँ नेतृत्व छान्न चुनाव हुने, ओलीपक्षीय थेवे र पोखरेलनिकट पुरीबीच टक्कर

युवा संघको नयाँ नेतृत्व छान्न चुनाव हुने, ओलीपक्षीय थेवे र पोखरेलनिकट पुरीबीच टक्कर

आइतवार, जेठ ११ २०८२०१:०८
आइतवार, जेठ ११ २०८२०१:०८
  • images

    काठमाडौँ । नेकपा एमाले को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेको थियो भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको थियो ।

    संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

    अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं ९नेपालगञ्ज० महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षका दाबी गरिरहेका छन्। 

    थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत लगायतले समर्थन जनाएका छन् । 

    पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ।

    युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले अझै पनि सहमतिका लागि प्रयास भइरहेको जानकारी दिए। सहमति हुन नसके निर्वाचन आयोगले निर्वाचनमार्फत नेतृत्वको टुंगो लगाउने तयारी गरेको उनले बताए। 

    पोखरामा जारी युवा संघको दसौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सक्ने कार्यतालिका छ। 

    युवा संघको महाधिवेसनमा सहभागी हुन सबै पालिका, जिल्ला, प्रदेश गरी १ हजार ८३६ जना प्रतिनिधी पोखरामा छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend