२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर...

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर कार्यालयमा सारियो

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर कार्यालयमा सारियो

आइतवार, जेठ ११ २०८२०५:१४
आइतवार, जेठ ११ २०८२०५:१४
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्व पौडेलले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।

    यसअनुसार यसअघि आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नरका लागि रेसमा रहेका उनले दिएको राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा पठाइएको हो ।

    त्यस्तै, अनुसन्धान विभागमा रिक्त कार्यकारी निर्देशकमा जनशक्ति व्यवस्थापन विभागका रामशरण खरेललाई ल्याइएको छ । खरेलको सरुवापछि रिक्त मानव संसाधन विभागमा विश्रुत थापालाई पठाइएको छ । उनी यसअघि बैङ्किङ विभागमा थिए ।

    शनिबार कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएसँगै गभर्नर कार्यालय रिक्त भएको थियो । यो सरुवासँगै अब बैङ्किङ कार्यालय रिक्त छ । उनको अवकाशसँगै रिक्त स्थानका लागि वरिष्ठ निर्देशक कार्यकारी निर्देशकमा बढुवा गर्ने व्यवस्था छ । यो रोलमा डिल्लीराम पोखरेल अगाडि छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend