२०८३, आश्विन १९ गते

images

बस्दै नबसी संसद् बैठक भोलिसम्मलाई स्थगित

बस्दै नबसी संसद् बैठक भोलिसम्मलाई स्थगित

मंगलवार, जेठ २० २०८२०३:०८
मंगलवार, जेठ २० २०८२०३:०८
  • images

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ। प्रतपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाबाट टसमस नभएपछि संसद् बैठक भोलिसम्मलाई सारिएको संसद् सचिवालयले जनाएको छ।  

    सदनको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसहितका नेताहरूसँग संयुक्त रुपमा दुईपटक छलफल गरेका थिए। तर विपक्षी दलले गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएपछि बैठक बस्न सकेन। 

    प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तालिका थियो। दलहरूबीच छलफल जारी भएपछि संसद् सचिवालयले दिउँसो २ बजेसम्मका लागि सारेको थियो। तर २ बजे पनि बैठक बस्न नसकेपछि भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend