२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • फेरि सर्‍यो संसद् बैठक, अब आइतबार...

फेरि सर्‍यो संसद् बैठक, अब आइतबार बस्ने

फेरि सर्‍यो संसद् बैठक, अब आइतबार बस्ने

शुक्रवार, जेठ २३ २०८२०३:५१
शुक्रवार, जेठ २३ २०८२०३:५१
  • images

    काठमाडौं । संसद् बैठक नबसी स्थगित भएको छ। शुक्रबार (आज) दिउँसो १ बजेका लागि तोकिएको बैठक बस्दै नबसी स्थगित भएको हो।

    अब आइतबार दिउँसो १ बजे बस्ने सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ।

    बैठक बस्ने सन्दर्भमा भिजिट भिसा प्रकरणको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेको छैन।

    प्रतिपक्षले उक्त प्रकरणमा छानबिन समिति बनाउनैपर्ने अडान कसेको छ भने सत्तापक्ष त्यसका प्रति उदासीन छ।

    सत्तापक्ष र प्रतिपक्षको चेपुवामा परेको संसद् जेठ १४ गतेयता बस्न सकेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend