काठमाडौं । अर्थमन्त्री बिष्णु पाैडेलले पुँजी बजार विकासका लागि सरकार तयार रहेको बताएका छन् । बाेर्डकाे ३३ औं वार्षिकाेत्सब समाराेह कार्यक्रममा उनले बाेर्डलाई गुणात्मक रुपमा बिकास गर्न सरकार लागिरहेकाे बताए । राम्राे काम गर्नुपर्ने र राम्राे गर्नेलाई पुरस्कार र नराम्राे गर्नेलाई दण्डित गर्नु पर्ने अर्थ मन्त्रीकाे भनाई छ ।
पुँजी बजारकाे विकासका लागि सरकार तयार रहेकाे उनले बताए । भित्रि काराेबारका विषयमा पनिक बाेर्डले काम गर्नु पर्ने आबश्यकता रहेकाे उनकाे भनाइ छ । बजार विकास र विस्तारमा सबैसँग हातेमालाे गरेर उन्नत संस्थाका रुपमा बाेर्डले काम गर्ने विश्वास अर्थमन्त्रीकाे भनाइ छ ।

