काठमाडौँ । नयाँदिल्ली काठमाडौँ रुटमा चल्ने यात्रुबाहक बसमा फल्स बटम बनाएर अवैध रुपमा ओसार पसार गरेको पाइएको छ ।
राजश्व अनुसन्धान विभागले उक्त यात्रुबहाक बसमा बनाईएको बटम मार्फत कपडा, औषधी र धूपको अवैध ओसार पसार हुने गरेको भन्दै मुद्धा दायर गरेपछि उक्त प्रकरण बाहिरिएको हो ।
उक्त कार्यमा संग्लन भएको भन्दै विभागले ललितपुर महानगरपालिका वडा नम्बर २१ बस्ने ३१ वर्षीय कृष्णा गोपाल श्रेष्ठसहित ६ जना विरुद्ध सोमबार २ करोड ५२ लाख ४८ हजार ३६६ रुपैयाँ र जरिवाना गरी ५ करोड ४ लाख ९६ हजार ७३२ रुपैयाँ मागदाबी गर्दै मुद्धा दायर भएको हो ।

