२०८३, आश्विन १९ गते

images
  • विश्व
  • सभापति देउवाको चिन्ता : 'गाउँ रित्तिसक्यो,...

सभापति देउवाको चिन्ता : 'गाउँ रित्तिसक्यो, जलवायु परिवर्तनले नेपालमा ठूलो असर'

सभापति देउवाको चिन्ता : 'गाउँ रित्तिसक्यो, जलवायु परिवर्तनले नेपालमा ठूलो असर'

सोमवार, जेठ २६ २०८२०९:२४
सोमवार, जेठ २६ २०८२०९:२४
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

    ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको देउवाको भनाई थियो। फरक प्रशंगमा सभापति देउवाले गाउँ रित्तो भइसकेको बताए। उनले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताए। 

    सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको उनको भनाई थियो। पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने उनले स्पष्ट पारे। सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरू बनाउनुपर्ने बताए। उनलृ जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताए। हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको देउवाको दुखेसो छ।

    उनले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताए। नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको देउवाको भनाई छ। जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको बताए। जंगलको बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको उनले स्पष्ट पारे।

    सभापति देउवाले भने, ‘विपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो। तर अब अहिले गाउँ नै रित्तिसक्यो। गाउँ छैन। कोही गाउँमा बस्न तयार छैन। सबै तराईमा आइसकेका छन्। पहाडमा बस्न कोही तयार छैनन्। पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ। हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend