२०८३, आश्विन १९ गते

images

सोमपाल र गुल्शनले टी-२० शृंखला गुमाउने

सोमपाल र गुल्शनले टी-२० शृंखला गुमाउने

सीएनएन खबर
मंगलवार, जेठ २७ २०८२०३:५९
सीएनएन खबर
मंगलवार, जेठ २७ २०८२०३:५९
  • images

    काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखलामा सहभागिता जनाइरहेका दुई नेपाली खेलाडीहरूले चोटका कारण बाँकी खेलहरू गुमाउने भएका छन् ।

    प्रशिक्षण सत्रका क्रममा सोमपाल कामी र गुल्शन झा घाइते भएपछि लिग २ मा आजै हुने नेदरल्याण्ड्ससँगको ओडिआई र त्यसपछि सुरु हुने टी२०आई शृंखला गुमाउने भएका हुन् । नेपाल क्रिकेट संघका अनुसार सोमपाल कामीको दायाँ हातमा र गुल्शन झाको घुँडामा चोट लागेको छ।

    चिकित्सकको परामर्शअनुसार दुवै खेलाडी तत्काल उपचार तथा आराममा रहने निर्णय गरिएको छ। सोमपाल र गुल्शनले हाल भइरहेको लिग २ मा नेपालका लागि महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

    सोमपालले यसअघिको खेलमा ब्याटबाट शानदार ६७ रन बनाउँदै जितको नजिक पुर्‍याएपनि नेपाल २ रनले चुकेको थियो । गुल्शनले पहिलो खेलमा करण केसीसँग साझेदारी गर्दै नेपालको कीर्तिमानी जितमा भूमिका खेलेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend