२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरुः ५६ वर्षीय...

मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरुः ५६ वर्षीय बुबालाइ २६ वर्षीय छोराले गरे दान

मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरुः ५६ वर्षीय बुबालाइ २६ वर्षीय छोराले गरे दान

बिहिवार, जेठ २९ २०८२०१:४९
बिहिवार, जेठ २९ २०८२०१:४९
  • images

    काठमाडौँ । नेपाल मेडिसिटी हस्पिटलमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए ।

    कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने निकै ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ । प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर) को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको थियो । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसंग सहकार्य गरि नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।

    ‘हामी उपचारका लागि दुईपटक भारत गएका थियौं, तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने पर्छ भनेपछि हामी झन् आँतियौं र नेपाल नै फक्यौं’, कलेजो दाता आयुष कार्कीले भने, ‘नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि हामी नेपाल मेडिसिटी अस्पतालमा परामर्शको लागि आयौं र कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गरेका हौं । नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनुपर्यो । यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुवै खर्च हुने थिएन ।

    medicity.jpeg

    अस्पताललका अध्यक्ष डा उपेन्द्र महत्तोले नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको बताए । ‘हामीसँग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो’, उनले भने । 
     
    नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् । 

    ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार विरामीको कलेजो तथा मिर्गौला दुवै विग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

    कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको उनले बताए । 

    नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शूल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ । यहां कलेजो प्रत्यारोपणसँगै विभिन्न अंगको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० जना भन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ । नेपाल मेडिसिटी अस्पताल सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवामा सधै समर्पित छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend