२०८३, आश्विन २० गते

images

उच्च अदालतमा चारजना मुख्य न्यायाधीश नियुक्त

उच्च अदालतमा चारजना मुख्य न्यायाधीश नियुक्त

शुक्रवार, जेठ ३० २०८२०१:२८
शुक्रवार, जेठ ३० २०८२०१:२८
  • images

    काठमाडौं । उच्च अदालतको मुख्य न्यायाधीशमा चारजना नियुक्त भएका छन्। शुक्रबार बसेको न्याय परिषद बैठकले उच्च अदालत जनकपुर,अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गरेको हो।

    यस्तै न्यायाधीशहरू लालबहादुर कुँवरलाई उच्च अदालत पाटन, हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेत र राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको हो।

    यसैगरी आजै बसेको परिषद बैठकले उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर,अस्थायी इजलास वीरगन्जमा सरूवाका लागि सिफारिस गरेको छ।

    बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा र इजलासमा कार्यरत न्यायाधीश डा.शान्ता सेढाइ सापकोटालाई तोक्न सिफारिस गरेको छ।

    na1.jpg
    undefined
    na.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend