२०८३, आश्विन २० गते

images

लगानीयोग्य रकम वृद्धि हुँदा विदेशी ऋणमा गिरावट, वाणिज्य बैंकहरूको तरलता सुधार

लगानीयोग्य रकम वृद्धि हुँदा विदेशी ऋणमा गिरावट, वाणिज्य बैंकहरूको तरलता सुधार

शुक्रवार, जेठ ३० २०८२०४:२३
शुक्रवार, जेठ ३० २०८२०४:२३
  • images

    काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले विदेशी बैंकबाट लिने ऋणमा गिरावट आएको छ भने लगानीयोग्य रकममा उल्लेखनीय वृद्धि भई बैंकहरूको तरलता स्थिति सुदृढ भएको छ।

    नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार वैशाख मसान्तसम्म १० वटा वाणिज्य बैंकहरूले कुल ३९ अर्ब ६३ करोड रुपैयाँको विदेशी ऋण लिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको ४८ अर्ब २७ करोड रुपैयाँभन्दा करीब १८ % कम हो।

    वाणिज्य बैंकहरूले विदेशी ऋण घटाएर आफ्नो वित्तीय सन्तुलनमा सुधार गर्दै लगेको देखिन्छ । गत वर्ष चैत मसान्तसम्म विदेशी ऋण ४१ अर्ब ४६ करोड रुपैयाँ थियो भने यस वर्ष वैशाख मसान्तसम्म २५ % घटेको छ।

    ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै १२ अर्ब ७ करोड रुपैयाँ ऋण लिएर अग्रणी भूमिका खेलिरहेको छ भने एनएमबी, सिद्धार्थ, एनआईएमबी, प्राइम, सानिमा र माछापुच्छ्रे बैंकहरूले पनि पर्याप्त मात्रामा ऋण लिएका छन्।

    नेपाल राष्ट्र बैंकले २०७४ सालदेखि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन दिने नियम ल्याएको थियो। त्यसयता तरलता अभाव भएको समयमा बैंकहरूले यो सुविधा सदुपयोग गर्दै ऋण लिएर वित्तीय व्यवस्थापन गरेका थिए। तर हालको समयमा बैंकहरूमा ७ अर्बभन्दा बढी तरलता सञ्चित छ र कर्जा निक्षेप अनुपात ७९ % पुगेको छ।

    साथै, बैंकहरूले ब्याजदर घटाएर कर्जा प्रवाहलाई प्रोत्साहन गरिरहेका छन्। तरलता व्यवस्थापनमा सुधारसँगै बैंकहरूले विदेशी ऋणलाई क्रमशः घटाउँदै लगेको र लगानीयोग्य रकममा वृद्धि गरेको देखिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend