२०८३, आश्विन २० गते

images

वृद्ध भत्ताको रकम हिनामिनाः साविक गाविस अध्यक्षसहित १७ जनालाई १० वर्षपछि भ्रष्टाचार मुद्दा

वृद्ध भत्ताको रकम हिनामिनाः साविक गाविस अध्यक्षसहित १७ जनालाई १० वर्षपछि भ्रष्टाचार मुद्दा

आइतवार, आषाढ १ २०८२०३:२३
आइतवार, आषाढ १ २०८२०३:२३
  • images

    काठमाडौं । वृद्ध भत्ताको रकम हिनामिनामा बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन सचिवहरू सावितराम कुर्मी, अशोककुमार श्रीवास्तव, भत्ता बुझिलिने १४ जना छन् ।

    अख्तियारका अनुसार गाविसले २०५७/५८ देखि २०७२/७३ सम्म उमेर नपुगेका, नागरिकता नभएका, भारतमा विवाह गरी गएकालाई परिचय पत्र बनाएर ६ लाख ५६ हजार ७ सय रूपैयाँ हानिनोक्सानी गरेको पुष्टि भएको छ ।


    भत्ता बुझेका ५ जनाको मृत्यु भएकाले उनीहरूको बिगो तत्कालीन सचिव सावितराम कुर्मीबाट असुल उपरका लागि मागदाबी गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend