२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपाललाई हराउँदै भारतले जित्यो उपाधि काभा...

नेपाललाई हराउँदै भारतले जित्यो उपाधि काभा महिला भलिबलको उपाधि

नेपाललाई हराउँदै भारतले जित्यो उपाधि काभा महिला भलिबलको उपाधि

बुधवार, श्रावण २३ २०८१०७:४६
बुधवार, श्रावण २३ २०८१०७:४६
  • images

    काठमाडौं । काभा महिला नेसन्स लिगमा भारतसंग पराजित हुँदै नेपाल उपाधि जित्न असफल भएको छ  ।  राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार भएको फाइनल खेलमा नेपाल भारतसंग ३ - २  सेटले पराजित हुँदै उपाधि जित्न असफल भएको हो ।  

    नेपालले पहिलो र तेस्रो तथा भारतले दोस्रो र चौथो सेट जितेपछि पाँचौ सेटमा खेलको निर्णय भएको हो । पाँचौ सेटमा नेपालले कमजोर प्रर्दशन गर्दै १५- ५ले हार्न पुग्यो र उपाधि चुम्ने चाहना अधुरै भयो । यही खेलमा नेपालले लिग चरणमा भने भारतलाई ३ -२ हराएको थियो ।  

    यसअघि सन्‌ २०१९ मा‌ स्वदेशमा आयोजना भएको १३ औं‌ दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलमा पनि  भारतबिरुद्ध जितको‌ नजिक पुगेर नेपाली टोली ३-२ सेटमा पराजित भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend