२०८३, आश्विन २० गते

images

दीपक मनाङेको सांसद पद खारेज

दीपक मनाङेको सांसद पद खारेज

बुधवार, आषाढ ४ २०८२०८:५०
बुधवार, आषाढ ४ २०८२०८:५०
  • images

    काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज भएको निर्णय गरेको हो। ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भई फैसला भइसकेको कारण जनाउँदै सर्वोच्चले उनी पदमुक्त हुने निर्णय गरेको हो।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि बदर भएको निर्णय गरेको हो।

    चक्रे मिलन भनेर चिनिने मिलनलाई गुरुङ १३ वैशाख २०६१ मा मनाङे नेतृत्वको टोलीले खुँडा प्रहार गरेको थियो। सोही मुद्दामा पक्राउ परेका मनाङेलाई सर्वोच्चले ५ वर्ष कैद सजाय सुनाएको थियो।

    उनकाे सांसद पद खारेज भएसँगै मनाङेले जितेको मनाङको प्रदेश ‘ख’ रिक्त भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend