२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार...

पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, आषाढ ५ २०८२१०:०४
बिहिवार, आषाढ ५ २०८२१०:०४
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
    ठाकुरले बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बेच्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।ठाकुरसहित उनकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर, ठेकेदार जितेन्द्रकुमार यादव,  उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बबितादेवी साहविरुद्ध मुद्दा दायर भएको हो । 

    यस्तै परिषद्का लेखापाल सावित्री गिरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्णमुमारीसिंह र सवारी चालक बिक्कीकुमार चौधरीलाई पनि प्रतिवादी बनाइएको छ । यस्तै बलराम नाम गरेका व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ ।

    ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ गतेसम्म निर्देशक पदमा रहँदा अन्य प्रतिवादीसँगको मिलेमतोमा भ्रष्टाचार गरेको र एक वर्षपछि श्रीमती इन्दुकलाको नाममा उक्त गाडी नामसारी गराएको आरोप छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend