२०८३, आश्विन २० गते

images

अब एक जार पानीको मूल्य ४७ रुपैयाँ भन्दा बढी लिए कारबाही

अब एक जार पानीको मूल्य ४७ रुपैयाँ भन्दा बढी लिए कारबाही

बिहिवार, श्रावण २४ २०८१०३:२२
बिहिवार, श्रावण २४ २०८१०३:२२
  • images

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिक्री हुने जारको पानीमा निर्धारित मूल्यभन्दा बढी लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ भने एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ।

    तोकिएको मूल्यभन्दा फरक पर्ने गरी होटल तथा रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरुलाई सचेत गराएको हो। एमआरपीको नियम पालना नगरे कानुनअनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ।

    up-1723102057.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend