२०८३, आश्विन २० गते

images

अब लगानी कम्पनीको आईपीओ ल्याउन चुक्ता पूँजी ५० करोड हुनुपर्ने

अब लगानी कम्पनीको आईपीओ ल्याउन चुक्ता पूँजी ५० करोड हुनुपर्ने

आइतवार, आषाढ ८ २०८२१०:०९
आइतवार, आषाढ ८ २०८२१०:०९
  • images

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरेको छ । यसअघि भएको लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्नेबारे भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरिएको हो ।


    नयाँ व्यवस्था अनुसार अब संगठित संस्था र लगानी कम्पनीको चुक्ता पूँजी कम्तिमा ५० करोड रूपैयाँ हुनुपर्ने भएको छ । यसका साथै संगठित संस्था र लगानी कम्पनी कम्तिमा विगत तीन बर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेको हुनुपर्ने भएको छ ।

    त्यस्तै प्रति शेयर नेटवर्थ अंकित मूल्य भन्दा बढी भएको हुनुपर्ने उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने भएको छ ।

    उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने व्यवस्था गरिएको छ ।

    image-26.png
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend