२०८३, आश्विन २० गते

images

७५३ वटा स्थानीय तहको बजेट आज

७५३ वटा स्थानीय तहको बजेट आज

मंगलवार, आषाढ १० २०८२१०:१६
मंगलवार, आषाढ १० २०८२१०:१६
  • images

    काठमाडौँ । देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै छन् ।

    असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले मङ्गलबार बजेट ल्याउन लागेका हुन् ।

    भरतपुर महानगरपालिकालगायत केही स्थानीय तहले निर्धारित समय अघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

    संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान ९बजेट० सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने र असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने प्रावधान छ ।

    यसअघि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरिसकेका छन् । संघीय सरकारले मंगलबार प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend