२०८३, आश्विन २० गते

images
  • राजनीति
  • हवाई सुरक्षा सुधारबारे स्वतन्त्र छानबिन समिति...

हवाई सुरक्षा सुधारबारे स्वतन्त्र छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन

हवाई सुरक्षा सुधारबारे स्वतन्त्र छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन

बिहिवार, श्रावण २४ २०८१०५:२१
बिहिवार, श्रावण २४ २०८१०५:२१
  • images

    काठमाडौं ।  संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई दुर्घटनाका विषयमा विज्ञ व्यक्तिहरु सम्मलित स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले दुर्घटनापिच्छे छानबिन आयोगहरु गठन गर्ने, तर त्यसबाट परिणाम नआउने अवस्था देखिएको ठहर गरेको छ । हवाई सुरक्षाको अवस्था, मापदण्ड र सुधारका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्र छानबिन समिति गठन गर्न समितिले निर्देशन दिएको हो ।

    बिहीबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण, मन्त्रालय, मन्त्री र सांसदहरुसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।

    समितिका सभापति राजकिशोर यादवले पछिल्लो समय निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानबिन समितिहरु बनेपनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको भन्दै नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धी कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए/नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिइएको बताए ।

    समितिले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको भन्दै उक्त नीति तत्काल तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend